समाचार

जिल्ला समन्वय समिति उदयपुरको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ,२६ कात्तिक ।  सुनसरीको कोसी गाउँपालिका–४ मा मंगलबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला समन्वय समिति उदयपुरको स१झ २६८ नम्बरको गाडीले बिहान साढे ९ बजे को३०प ५३०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार झापाको पृथ्वीनगर–४ का २९ वर्षीय दिपेश मुखियाको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।


advertisement

सोही दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक झापाको दमक नगरपालिका–१० का ३० वर्षीय योगेश कुमार धिमाललाई उपचारको लागि विराट नर्सिङहोम विराटनगर पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न गाडीसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: