लिपुलेक हाम्रो हो भन्दै दवावस्वरुप पाल्पाबाट पठाइयो ३० हजार जनाको हस्ताक्षर

meropati

मिलन विश्वकर्मा
पाल्पा, २६, कात्तिक । भारतले पछिल्लो समयमा सार्वजनिक गरेको राजनीतिक नक्साप्रति असन्तुष्टी जनाउदै पाल्पाली युवाले दवावस्वरुप हस्ताक्षर संकलन गरी प्रधानमन्त्रीसमक्ष पेश गरेका छन् ।

उनीहरुले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको बताएका छन् ।



पाल्पाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालमार्फत प्रधानमन्त्री समक्ष संकलित हस्ताक्षर सहितको व्यानर मंगलबार पेश गरेका हुन् ।

नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल पाल्पा र अनेरास्ववियू पाल्पाले संयुक्त रुपमा पेश गरेका छन् । यी दुइ संगठनले जिल्लाको सदरमुकाम तानसेनमा तीन दिनसम्म स्वतस्फुर्त रुपमा हस्ताक्षर संकलन गरेका थिए । कात्तिक २४, २५ र २६ गतेसम्म सञ्चालन भएको अभियानमा करिब ३० हजार जनताले हस्ताक्षर गरेको युवा संघका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो ।

यो पहिलो चरणको आन्दोलन हो यदि भारतद्वारा सार्वजनिक भएको राजनीतिक नक्सा तत्काल नसच्याए अझ कडा आन्दोलन गर्ने अनेरास्ववियू पाल्पाका अध्यक्ष प्रेम वगालेले चेतावनी दिनुभयो ।

आन्दोलनको सुरुवाती चरणमा पाल्पाली जनताको समर्थन लिन हस्ताक्षर संकलन गरेको उहाँले बताउनभयो ।

संकलित हस्ताक्षर बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले आफुले तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउने बताउनुभयो ।

भारतले सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो भू–भागमा परेको उल्लेख छ। यसको विरुद्धमा पाल्पामा पनि आन्दोलन चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: