बाघको आक्रमणबाट एक हप्तामा २ जनाको मृत्यु, स्थानीयहरु त्रसित

meropati

काठमाडौं,२७ कात्तिक । बाँकेमा एक हप्ता बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ ।जिल्लाको राप्ती–सोनारी–८ मा रहेको शिवशक्ति सामुदायिक वनमा पर्ने डप्का खोलामा घाँस काट्न गएकी बालापुरकी ६० वर्षीया ठगी खड्काको मङ्गलबार पाटे बाघको आक्रमणबाट ज्यान  ज्यान भएको छ ।

यसअघि आइतबार पनि बाँकेको कोहलपुर नगरपालिका १३ खर्कबार नयाँबस्तीका ७५ वर्षीया काली बस्नेतको जङ्गलमा घाँस काट्न गएका बेला पाटेबाघको आक्रमणमा परि मृत्यु भएको थियो ।



दिनदहाडै बाघको आक्रम्रण बढेपपछि स्थानीयहरु त्रसित बनेका छन् ।

यी घटनापछि बाघलाई नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेम शाहीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: