यसरी मनाइयो महालक्ष्मी जात्रा, तस्विरमा हेर्नुहोस्

meropati

काठमाडौं ,२७ कात्तिक । चन्द्रागिरी नगरपालिकाको बलम्बुमा धुमधामका साथ महालक्ष्मी जात्रा मनाइएको छ । हरेक वर्ष कार्तिक शुक्ल दशमीका दिन मनाइने महालक्ष्मी जात्रा नेपाल सम्वतको नयाँ वर्षपछि उपत्यकामा मनाइने पहिलो जात्रा हो ।यस जात्रालाई सिन्दुर जात्रा पनि भने प्रचलन छ। यो जात्रा महालक्ष्मीको मात्र नभएर नारायण, गणेश र भैरवको सामूहिक जात्रा पनि हो। 

स्थानीय भाषामा बलम्बुको जात्रालाई लाटिमर, सातापछि थानकोटमा हुनेलाई सकिमरः र एक महिनापछि सतुंगलमा हुने जात्रालाई बखुमरः (सातगाउँले जात्रा) भनिन्छ । जात्रा दुवा गुठीले सञ्चालन गरिन्छ ।स जात्रामा थानकोटबासी र तिनका पाहुनाहरुको उल्लेखनीय उपस्तिथ रहन्छ । जात्रा हेर्न र भोज खान आफन्तलाई निम्त्युने प्रथा थानकोटबासीहरुको रुचीको विषय नै हो ।



कार्तिक मंसिरमा धानवाली भित्र्याईसकेर बर्स दिनको दख सुख बर्षाजाडो, हिलोहुरी सबै बिसिएर थानकोटबासीहरु यस जात्रामा रमाउने गर्छन् ।

देवदेवीको मेलमिलाप गराइने यो जात्राले मानवजातिमा पनि मेलमिलापको सन्देश दिन खोजिएको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: