चौध वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

meropati

हेटौंडा  ,२७ कात्तिक । चौध वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाश गाउँपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित किशोरीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले कैलाश गाउँपालिका–२ बस्ने २० वर्षीय दिपेश भन्ने अनिश प्रजालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी निरीक्षक ललन कुर्मीले बताए । पक्राउ परेका प्रजालाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पनि उनले जानकारी दिए ।

यसअघि आठ वर्षीया बालिका बलात्कृत गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । हेटौँडाकी ती बालिका साथीको बाबुबाट बलात्कृत भएकी हुन् । साथीको घरमा भोगटे खान गएकी हेटौंँडा उपमहानरपालिका–१५ की बालिका साथीकै बुबाबाट बलात्कृत भएकी हुन् । स्कुलमा सँगै पढ्ने साथीको घरमा गएका बेला गत कात्तिक १७ गते दिउँसो उनी बलात्कृत भएको बताइएको छ ।



बलात्कारको आरोपमा हेटौँंडा उपमहानरपालिका–१५ रातोमाटेका २८ वर्षीय जयराम रुम्बा पक्राउ परेका छन् । बलात्कारपछि बेहोस अवस्थामा रहेकी बालिकालाई स्थानीयवसीले हेटौँंडा अस्पताल पु¥याएका थिए । शुरुमा धामीकहाँ लगिएको र पछि स्थानीयवासीको सहयोगमा अस्पताल पठाइएको थियो । बालिकाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ज्येष्ठ नागरिकको घरमै पुगेर उपचार सेवा दिने उद्देश्यले राक्सिराङ गाउँपालिकाले ६० वर्ष कटेका ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि घरदैलोमै उपचारको व्यवस्था गर्न आज सम्झौता गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको साझेदारीमा २०७६ सालदेखि २०७८ सालसम्म ‘आमाबुबा बचाऊ कार्यक्रम’ सञ्चालन गरी ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा ध्यान दिन लागिएको हो ।

यसका लागि घरदैलोमै पुगी इन्टरनेटका माध्यमबाट ज्येष्ठ नागरिक, असहाय र दीर्घरोगीको उपचार गर्ने गरी प्रतिष्ठानसँग सम्झौता भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । सम्झौतापत्रमा गाउँपालिका अध्यक्ष मल्ल र प्रतिष्ठानका प्राध्यापक डा पारस आचार्यले हस्ताक्षर गरेका छन् । ‘आमाबुबा बचाऊ कार्यक्रम’ अनुसार गाउँपालिकाभित्र दीर्घरोग पालेर बसिरहेका बिरामीको विशेष निगरानी हुनेछ ।

गाउँपालिकामा खटिएका स्वास्थ्य प्राविधिकले दीर्घ रोगी, असहाय तथा ज्येष्ठ नागरिकको घरमै पुगी इन्टरनेटको माध्यमबाट प्रतिष्ठानका डाक्टरसँग भिडियो संवाद गरी स्वास्थ्य उपचार र परामर्श लिइने व्यवस्था मिलाइने गाउँपालिका अध्यक्ष मल्लले बताए ।
‘क्यान्सरजस्ता प्राणघातक रोग सहेर गाउँमै बसिरहेका बुबाआमाको बाँकी जीवन सहज पार्ने गरी ‘आमाबुबा बचाऊ कार्यक्रम’को अवधारणा ल्याएका हौँ’, अध्यक्ष मल्लले भने ।

अध्यक्ष मल्लका अनुसार ‘आमाबुबा बचाऊ कार्यक्रम’ कार्यान्वयनका लागि गाउँपालिकामा छुट्टै शाखा स्थापना हुनेछ । शाखामा मोटरसाइकल, ल्यापटप र इन्टरनेट डिभाइससहितका हेल्थ असिस्टेन्ट र अनमीसहितका तीनजना कर्मचारी हुनेछन् । ती कर्मचारी रोगीको घरमा गएर इन्टरनेटको माध्यमबाट प्रतिष्ठानका डाक्टरसँग सिधा कुरा गर्छन् र उपचारको व्यवस्था मिलाउँछन् । थप उपचार गर्नुपरेमा गाउँपालिकाले व्यवस्था गर्ने एम्बुलेन्सको सहायताले प्रतिष्ठानमै ‘रिफर’ गर्ने गरी व्यवस्था मिलाइएको अध्यक्ष मल्ल बताउँछन् ।

‘आमाबुबा बचाऊ कार्यक्रम’ले गाउँपालिकाका ज्येष्ठ नागरिकलाई बढी राहत मिल्ने गाउँपालिकाका स्वास्थ्य संयोजक विजय कापरीले बताए । साबिकका सरिखेत, राक्सिराङ, खैराङ र काँकडा गाविस मिलेर बनेको राक्सिराङ गाउँपालिकामा साविक गाविसतर्फ एक–एक वटा स्वास्थ्यचौकी रहेका छन् । अधिकांश चेपाङ, तामाङ र दलित समुदायको बसोबास रहेको गाउँपालिकामा भरपर्दो स्वास्थ्य केन्द्रको अभावमा स्वास्थ्य सेवाका लागि मनहरि, हेटौँंडा र भरतपुरसम्म धाउनुपर्ने बाध्यता रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: