मधुमेह र यसबाट बच्ने उपाय

meropati

नेपाल मधुमेह संघको एक दशक पहिलेको तथ्यांकअनुसार सहरी क्षेत्रमा बसोबास गर्ने २० वर्ष माथिका एक चौथाइमा मधुमेहको रोग वा पूर्वमधुमेहको समस्या छ । यसो हुनुको प्रमुख कारणमा गुलियो र चिल्लो खाद्यपदार्थको सेवन मानेको छ । मधुमेहले औसत १३ वर्ष आयु घटाउनु छ । युरोप र अमेरिकामाभन्दा १० वर्ष पहिलेको उमेरमा नेपालमा मधुमेह देखिरहेको छ । हरेक चार जनामा एक जनामा भएको अनुमान छ ।

अर्को आँकडामा ८ लाख बढी मधुमेही छन् जसमा धेरैलाई रोग भए पनि थाहै छैन । मधुमेहीको राजधानी भारत र चीनबीचको देश नेपालमा समान रहन सहन जीवनशैली र वातावरणले महामारी नै नल्याउला भन्न सकिन्न । लान्सेट पत्रिकाअनुसार विश्वमा वयस्क मधुमेहको संख्या अनुमान गरिएभन्दा बढीका दरले वृद्धि भइरहेको छ । दुई वर्षमा साढे ६ करोडले बढी ३५ करोड पुगेको छ । ३० वर्षमा रोगी दोब्बरले बढेका छन् । मधुमेहबाट प्रतिवर्ष ४० लाखको मृत्यु हुने गरेको छ । हरेक ५ मा चार जनालाई खतराको चिह्न थाहा पाउन समस्या छ र तीन जनामध्ये एक जनालाई खतराको जानकारी नै छैन । हरेक दुई जनामा एक निदानबिना बाँचिरहेका छन् ।



विगतमा धनीमानीको, सम्पन्नशालीमा मात्र पाइने रोग अहिले जीवनशैली, रोग पत्ता लगाउने विधि र सेवाको विस्तारसँगै मध्यम र गरिब वर्गमा पनि दिनप्रतिदिन देखिन थालेको छ । प्राप्त भौतिक सुविधाले मानिसलाई शारीरिक परिश्रमभन्दा मानसिक परिश्रम र अल्छी जीवन बिताउन प्रेरित गरेको छ । नेपालीमा रोगले शरीरका अंगमा असर पारिसकेपछि मात्र डाक्टर कहा“ पुग्ने र निदान हुने भएकोले रोगीको संख्या सोचेकोभन्दा बढी छ ।

मधुमेह के हो ?

शरीरमा आंशिक मात्रामा वा पूर्ण रूपमा पेटको दाया“ँपट्टि रहेको प्यान्क्रियाज ग्रन्थीको बिटा कोÈले निकाल्ने इन्सुलिनको कमी हुन गई या यसले गर्ने काममा रोकावट आई खानामा भएको कार्बोहाइड्रेट शरीरले उपयोग गर्न नसक्दा रगतमा चिनी÷ग्लुकोजको मात्रा बढ्ने कार्बोहाइड्रेटको दीर्घकालीन रोगको अवस्थालाई नै मधुमेह भनिन्छ । यस अवस्थामा संकीको उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज रगतमा अत्यधिक मात्रामा बढ्ने तर करौडौं कोषिकामा प्रवेश गराउने हर्माेन इन्सुलिनको कमीकमजोरीले कोषहरूमा संकीको उत्पादन हुन नसकेर शरीर एकदम कमजोर हुँदै जान्छ ।

सन् १९२२ नोभेम्बर १४ मा डा. फ्रेडरिक वान्टिङले चाल्र्स बेस्टसँगै मधुमेहीको जीवन बचाउने इन्सुलिन पत्ता लगाएकाले र उनको जन्म दिन पनि भएकाले मधुमेहसम्बन्धी जनचेतना बढाउने उद्देश्यले हरेक वर्ष नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसका रूपमा विश्व मधुमेह संघले सन् १९९१ देखि तथा विश्व स्वास्थ्य संगठनद्वारा सन् २००७ बाट मनाइ“दै आएको छ ।

कारण

प्रमुख कारणमा वंशाणुगत र वातावरणीय मानिन्छ । नेपाल र भारत वंशानुगत रूपमा बढी पीडित छन् भने वातावरणीयमा सहरीकरण, खानपान, व्यायामको कमी र मोटोपना पर्छन् । बढी तौल चार÷पाँच गुना बढी तौल भएमा, आलस्य जीवन, शारीरिक सुस्तता र व्यायामको कमी, शारीरिक आघात, मानसिक बोझ, उमेर ३० वर्षभन्दा बढी, गर्भवती महिलामा मधुमेह भएमा मधुमेह हुन सक्ने हुन्छ । त्यसैगरी, लामो आयु, तयारी खानाको प्रयोग, चिल्लो खाना बढी, अनियमित भोजन, बढी प्रोटिन, गुलियो वस्तुको बढी सेवन, ब्रेकफास्ट जंक तथा फास्टफुड, धुम्रपान र मादकपदार्थको सेवन पनि सम्भाव्य कारण हुन् । रोगीको संख्या बढ्नुमा जनसंख्या वृद्धि, सहरीकरणलाई पनि आ“खा चिम्लन सकिँदैन ।

लक्षण

प्यान्क्रियाज ग्रन्थीले निकाल्ने इन्सुलिन आंशिक वा पूर्ण मात्रामा कमी हुन गई वा यसले गर्ने काममा अवरोध भई खानामा भएको कार्बोहाइड्रेट शरीरले उपयोग गर्न नसकी रगतमा ग्लुकोजको मात्रा बढ्नु नै मधुमेह हो । सुरुको अवस्थामा धेरैमा लक्षण नदेखिन सक्छ र देखिइहाले पनि यति सामान्य हुन्छन् कि थाहा नहुने र भए पनि यसकै भनेर छुट्याउन गाह्रो पर्छ । समाजमा प्रत्येक परिचित मधुमेहीको साथ तीन जना अपरिचित मधुमेही हुन्छन् भनिन्छ । विभिन्न प्रकारको मधुमेहमा सुरुमा लक्षणविहीन हुने भए पनि पछि गएर एकै किसिमका लक्षण तथा जटिलता देखा पर्छन् ।

शंकास्पद मधुमेहीमा तीर्खा बढी लाग्नु, धेरै भोक लाग्नु, धेरै थकाइ लाग्नु, छिनछिनमा पिसाब लाग्नु वा पिसाब गरेको ठाउ“मा कमिला वा कीरा देखिनु, राति पटकपटक पिसाब लाग्नु, बिनाकारण अचानक तौल घट्नु, आ“खाले धमिलो देख्नु, शरीरमा पटकपटक संक्रमण भइरहनु, घाउखटिरा सजिलै निको नहुनु, हातखुट्टा झमझमाउनु, पैताला पोल्नु, चेतना हराउनु, जिउ विशेष गरी गुप्तांग चिलाउनु, चिडचिडापन आउनु, यौन क्रियाकलाप घट्नु, कमजोरी महसुस हुन्छ । अन्य लक्षणमा मुख सुख्खा हुनु, मुखबाट दुर्गन्ध आउनु, पेट दुख्नु, वान्ता हुनु कालान्तरमा आ“खा, मिर्गौला, स्नायु, रक्तनली र मुटुमा असर पर्न थालेपछि सोही मुताबिक थप लक्षण देखा पर्छन् । यस्ता लक्षण देखा परेमा तुरुन्त चिकित्सकको सल्लाह लिनु पर्छ ।

निदान

खाली पेट फास्टिङमा, खाना खाएको २ घण्टा पोस्टप्रान्डियलमा र अन्य समय ¥यान्डममा रगतमा चिनीको मात्रा नापेर तथा रगतमा चिनीको मात्रा बढी भएको बेला पिसाबमा जा“चेर पनि मधुमेह पत्ता लगाउन सकिन्छ ।

जटिलता

मधुमेह ठूला रोगहरूको सुरु बिन्दु हो । रोगले जति च्याप्दै लग्यो उति टाउकोदेखि खुट्टासम्म घातक रोग लाग्छन् । रगत परीक्षण, खाना र व्यायाममा हेलचेक्र्याइँले विभिन्न अंगमा असर पर्छ । मधुमेहीमध्ये ७० प्रतिशतको मृत्यु मुटु तथा रक्त सञ्चारमा आएको खराबीले हुन्छ । त्यसैगरी, ५० प्रतिशत पक्षघात स्ट्रोक, १० प्रतिशत रेनलफेलर, १० प्रतिशत विभिन्न क्यान्सर, ६ प्रतिशत संक्रमण र १ प्रतिशत किटोएसिडोसीसले गराउँछ । विकसित मुलुकमा मधुमेह मृत्युको चौथो कारण हो । मधुमेहले घातक परिणाम मुटु, आ“खा, मिर्गौला, नसा तथा स्नायु प्रणाली, रक्तनलीमा देखाउ“छ भन्ने कुरा लामो समयदेखि मानिँदै आएको छ र हाल छैटौं जटिलता भनी मुखको स्वास्थ्य थपिएको छ ।

मुखको स्वास्थ्य

मधुमेहीमा दा“त कीराले खाने, दन्तहर्षा, पाइरिया, हड्डी छिटो खिइने हुन्छ । दाँत मिलाउने उपचार प्रश्नचिह्नको रूपमा खडा हुन्छ । मुखका कुनाकुनामा सुजन हुने, सुख्खा रहने र चर्किने, फुट्ने, मुख पोलेको अनुभव हुने, असामान्य चेतना र झन्किने,¥यालको उत्पादन र बहाव कम हुन गई बोल्न अप्ठेरो हुने र विभिन्न संक्रमण देखिन्छ । घाउखटिरा, केन्डिडियासिस, सूक्ष्म जीवमा परिवर्तन, प्रतिरोधात्मक शक्तिमा कमी, संक्रमण र दन्तसडनको सम्भावना बढ्छ । धेरै पीप, गिजा सुन्निनु, गिजाको पोलिप, दन्त हल्लिनु, दन्त समाउने हड्डीको नोक्सान, गुलियो दुर्गन्ध, थुक निकाल्ने ग्रन्थीको सुजन, पेरियोडेन्टल तन्तु पातलिन्छ । जिब्रोमा विभिन्न रोग, घाउ निको हुन समय लाग्नु, दन्त निकालेको घाउमा दुई दिनपछि दुखाइ हुनु, लाइकेन्वाइड, लुप्वाइड प्रतिक्रिया देखिन्छन् । मधुमेह भएको व्यक्तिमा उच्च रक्तचाप, लाइकेन प्लानस देखिएमा ग्रिनस्पान सिन्ड्रोम बन्दछ । मधुमेह पत्ता लगाउन, मधुमेहीको स्वास्थ्य सुधार्न, मधुमेहलाई नियन्त्रणमा राख्न, औषधिको प्रयोगमा कमी ल्याउन र घातक परिणामबाट जोगाउन मद्दत पु¥याउने दन्त्य स्वास्थ्यलाई ध्यान दिन अत्यावश्यक छ ।

रोकथाम

उचित भुडीको गोलाई, तौल, सक्रिय जीवनशैली, नियमित व्यायाम तथा उच्च क्यालोरी र चिल्लोयुक्त खानामा परहेज र सन्तुलित खानाले मधुमेह रोक्न सकिन्छ । आफ्नो तौल ठीक अवस्थामा रह“दा ५० प्रतिशतमा मधुमेह लाग्दैन । दिनहु“ ४५ मिनेटको तीव्र हिँडाइ, शारीरिक परिश्रमले सन्तुलिन तौल राखी मधुमेहबाट जोगिन सकिन्छ । अन्तमा, मधुमेहबारे बिरामी स्वयं चनाखो, सुसूचित सुरक्षित हुनुपर्छ । मधुमेहको उपचारमा परामर्शदाता स्वास्थ्यकर्मी जति नै बिरामी स्वयंको पनि इच्छाशक्ति, आत्मबल, धीरता र व्यवस्थापकीय भूमिका महत्वपूर्ण हुन्छ । परिवारका सदस्य र सहयोगीले पनि रोगबारे जानी राख्नुपर्छ किनभने मधुमेहको पहिलो औषधि ज्ञान हो ।

यो लेख डा. प्रकाश बुढाथोकीले राजधानीदैनिकमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: