त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजिकै बेवारिसे शव फेला

meropati

काठमाडौं, २८ कात्तिक । कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ ।

अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज बिहान फेला परेको हो ।



महानगरीय वृत्त कीर्तिपुरका अनुसार उक्त शवको नाम, ठेगाना केही प्राप्त हुन सकेको छैन । उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: