जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

meropati

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बुधबार राति बोलेरो जीप र मोटरसाइकल आपसमा ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ३० वर्षीय रोशन सापकोटा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सापकोटाको उपचारको क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा बिहीबार बिहान सवा ३ बजे मृत्यु भएको हो ।



नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१०च ४४१३ नम्बरको जीप र विपरित दिशाबाट आउँदै गरेको बा६६प २९६५ नम्बरको मोटरसाइकल राति साढे २ बजे आपसमा ठोक्किएका थिए ।दुर्घटनामा संलग्न दुवै सवारी साधन र जीप चालकलाई ईलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: