बोलेरो सडकबाट खस्दा एक जनाको मृत्यु, ३ जना घाइते

meropati

प्युठान, २८ कात्तिक। प्युठानको स्वर्गद्धारी नगरपालिका ४ कोलवांग भिरमा आज बिहान बोलेरो  गाडी दुर्घटना भएको छ ।

दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । भिगीबाट स्वर्गद्धारीतर्फ जादै गरेको ग १ च ५२४९ नम्बर बलेरो गाडी सडकबाट ३ सय मिटर तल खस्दा १ महिला भएको प्रहरीले बताएको छ ।



मृतकको सनाखत हुन सकेको छैन् । चालकसहित गम्भीर घाईते ३ जनालाई थप उपचारको लागी भैरहवा ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: