चितवनबाट २ थान पेस्तोल र ५ राउण्ड गोलीसहित दुईजना पक्राउ

meropati

चितवन , २८ कात्तिक। राप्ती नगरपालिका–६ हर्दीबाट १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित तीनजना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा दाङ तुल्सिपुर नगरपालिका–१२ का ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् ।

‘मेड इन युएसए’ लेखिएको अटोमेटिक १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।



बा८५प ८०८४ नम्बरको मोटरसाइकलमा आएका सवार उनीहरुले इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्न खोजे पश्चात दुवैलाई नियन्त्रणमा लिई तलासी गर्दा ५ राउण्ड गोली लोड भएको उक्त पेस्तोल फेला पारेको हो ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: