समाचार

पौडी खेल्ने क्रममा तमोर नदीले बगाएर बेपत्ता

धनकुटा, २८ कात्तिक ।  धनकुटा नगरपालिका–८ चुलिवनका २० वर्षीय सोचकुमार राई तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।

बुधवार अपरान्ह पौने ५ बजेको समयमा मुलघाट एरियामा साथीहरुसँगै पौडी खेल्न गएका उनी अचानक नदीले बगाउँदा बेपत्ता भएका हुन् ।


advertisement

बेपत्ता भएका राईको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: