लुम्बिनीमा मङ्सिर १ देखि समाचार महोत्सव

meropati

काठमाडौँ, २९कात्तिक । मन्त्रीहरुको हेरफेर तथा पार्टी नेतृत्वको जिम्मेवारीबारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले सघन छलफल गर्ने भएका छन् ।

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल हुन लागको बालुवाटार उच्च स्रोतले जनाएको छ ।दुई अध्यक्षबीच  बहिर्गमनमा पर्न लागेका र नयाँ आउने मन्त्रीहरुका बारेमा निर्णय हुने बताइएको छ ।



दुई अध्यक्षको छलफल पछि मात्रै सचिवालय बैठक बस्ने र उक्त बैठकबाट मन्त्रिमण्डल हेरफेरबारे ठोस निर्णय गर्ने नेताहरुको तयारी छ । यसअघि गत बिहीबारै बस्ने भनिएको सचिवालय बैठक पर्याप्त गृहकार्य नपुगेको भन्दै स्थगित हुँदै आएको थियो ।दुई नेताको छलफलमा कुरा मिले शुक्रबार साँझ मन्त्रिपरिषद्को बैठक समेत बोलाउने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: