गरिव तथा जेहेन्दार विद्यार्थीलाई पाल्पाली समाज पोखराले छात्रवृत्ति दिने

meropati

मिलन विश्वकर्मा
पाल्पा २९ कात्तिक । जिल्लाका गरिव तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् ।

बरिष्ठ उद्योगपति एवं समाजसेवी हरिप्रसाद पाण्डेले स्थापना गरेको मातृसेवा प्रतिष्ठान जननीमार्ग ललितुरको आर्थिक सहयोग र पाल्पाली समाज पोखराको समन्वयमा छात्रवृत्ति वितरण गर्न लागिएको हो ।



शुक्रबार समाजले तानसेनमा पत्रकार सम्मेलन गरी यो जानकारी दिएको छ । रम्भादेवी छात्रवृत्ति कार्यक्रम अन्तर्गत यो सहयोग वितरण गर्न लागिएको समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले बताउनुभयो ।

पाल्पाको १० वटा स्थानीय तहका सबै वडाका १÷१ जना विद्यार्थीले छात्रवृत्ति पाउने उहाँले बताउनुभयो । पाल्पामा ८१ वडा वडा छन् । संस्थाले निर्माण गरेको मापदण्डभित्र पर्ने गरिब तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्त पाउनेका भएका हुन् । एकजना विद्यार्थीले नगद ५० हजार पाउने छन् । ८१ जना विद्यार्थीलाई वितरण गरिने कुल रकम ४० लाख ५० हजार रहेको अध्यक्ष घिमिरेले बताउनुभयो । उहाँका अनुसार प्राविधिक अध्ययन गर्ने विद्यार्थीलाई यो रकम दिइने छ ।

स्वास्थ्य चिकित्साशास्त्र, कृषि, भेटेनरी, इञ्जिनियर र होटल व्यवस्थापन अध्ययन गरिहेका विद्यार्थीले यो छात्रवृत्ति पाउने भएका हुन् ।

यो छात्रवृत्ति प्राप्त गर्नको लागि समाजले मापदण्ड नै बनाएको छ । जसअन्तर्गत निवेदकले भएको खण्डमा आफ्नो नागरिकता, बुबाको नागरिकताको प्रतिलिपि अनिवार्य, गरिब तथा जेहेन्दार भएको प्रमाण स्वरुप सम्बन्धित वडा र क्याम्पसले दिएको सिफारिस आवश्यक पर्ने छ । अध्यक्ष घिमिरेका अनुसार निवेदक मूल घर पाल्पा हुनुपर्ने तर अध्ययन जहाँ गरेको भएपनि हुने, छात्रालाई विशेष ग्राहयता दिइने र पहिलो वर्षमा अध्ययन गरिरहेको हुनुपर्ने छ ।

क्षमता भएको जेहेन्दार विद्यार्थी तर आर्थिक अभावले बीचमै पढाइ छोड्नुपर्ने बाध्यता नपरोस् भन्दै ती अवस्थाका विद्यार्थीलाई सहयोग गर्न लागिएको पाल्पाली वहुउद्देश्यीय सहाकारी संस्था कास्कीका अध्यक्ष तथा समाजका पूर्व अध्यक्ष चिरञ्जीवि श्रेष्ठले बताउनुभयो । यो रकम मंसिर महिना भित्रमा वितरण गरिसक्ने उहाँले बताउनुभयो ।

पाल्पाको नामसँग जोडिएका संस्थाहरु देशैभर भएपनि पाल्पाली समाज पोखराले अनुकरणीय काम गर्दै आएको नेपाल पत्रकार महासंघ पाल्पाका सभापति राजेशकुमार अर्यालले बताउनुभयो । क्षमता भएर पनि आर्थिक अभावले पढाइ छोड्न बाध्य हुने विद्यार्थीलाई यो रकमले ठूलो राहत मिल्ने उहाँको भनाइछ । यसरी विरतण गर्न लागिएको छात्रवृत्ति लक्षित विद्यार्थीले पाउनुपर्नेमा अध्यक्ष अर्यालले जोड दिनुभयो ।

समाजका प्रथम उपाध्यक्ष रेशम थापाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन पत्रकार तथा समाजका सदस्य श्याम कुवँरले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: