मुख्य समाचार

लुकाइराखेकाे अत्याधुनिक हतियार र गोली प्रहरीले भेट्टायो

दाङ, ३० कात्तिक । कपिलवस्तु र दाङको सीमा क्षेत्रबाट प्रहरीले ५ थान अत्याधुनिक हतियार ‘एसएमजी राइफल’ बरामद गरेको छ ।  राइफलमा लाग्ने गोली र म्यागजिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

विप्लव समूहले भित्र्याएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।


advertisement

स्राेतका अनुसार  नेत्रविक्रम चन्द बिप्लव समूहले हतियार ल्याउँदै भित्र्याइरहेकाे सूचना प्रदेश ५ को प्रहरी कार्यालय, दाङले दिएपछि जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोली सो क्षेत्रमा परिचालित भएको थियो ।

प्रहरी टोलीले कपिलवस्तुको शिवनगरस्थित शिवनगर नगरपालिका– १ स्थित एक गोठबाट लुकाइराखेको अवस्थामा ती हतियार फेला पारेको हो ।

शिवराज नगरपालिका वडा नम्बर १ स्थित कालाकाटे क्षेत्रको एक खाली गोठमा लुकाएर राखेको अवस्थामा पाँच थान एसएमजी राइफल, १३ गान म्याग्जिन, त्यसमा लाग्ने ३९० राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दियो । प्रदेश ५ प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले सो हतियार भेट्टाएको हो ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सो हतियार दाङबाट कपिलबस्तुतर्फ स्थानान्तरण गर्ने क्रममा जङ्गलमा छाडेर गएको हुनसक्ने प्रहरीको अनुमान छ । सुटकेसभित्र राखी पात पतिङ्गर र झारपातले छोपी लुकाइ राखेको अवस्थामा हतियार फेला परेको डीएसपी विनोदविक्रम शाहले जानकारी दिए ।

प्रहरीले यस क्षेत्रमा प्रतिबन्धित पार्टीका कार्यकर्ताहरुले हतियार पास गरिरहेको जानकारी पाएपछि निरन्तर निगरानी गरेको थियो । प्रहरी फन्दामा पर्ने जोखिमका कारण विप्लवका कार्यकर्ताले हतियार छाडेर भागेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

प्रहरीले केही दिनअघि दाङको राजपुर–४ मगरैनाबाट प्रतिबन्धित पार्टीका केन्द्रीय नेतासहित २१ जनालाई पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: