समाचार

रोकिराखेको ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईको मृत्यु

कञ्चनपुर, १ मंसिर ।  कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ ।

नम्बर नभएको (अनटेस्ट) पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना३ख १४२४ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल सवार कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए ।


advertisement

मोटरसाइकल ट्रकमा ठोक्किएपछि सख्त घाइते भएका दुवैलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइए पनि उपचारका क्रममा दुवैको मृत्यु भएको हो । मृतक दुवैको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: