बरामद हतियार आफ्नो नभएको विप्लव समूहको दावी

meropati

काठमाडौं, १ मंसिर ।  विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाले प्रहरीद्वारा शनिबार बरामद भएको भनिएका हतियार आफ्नो नभएको दावी गरेको छ ।प्रहरीले शनिबार कपिलवस्तुको शिवनगर नगरपालिका–१ बाट ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउन्ड गोली बरामद गरिएको दावी गरेको थियो ।

उक्त हतियार विप्लव समूहको रहेको प्रहरीको भनाइ थियो ।विप्लव समूहका राप्ती ब्युरो इन्चार्ज समरले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपामाथि दमन गर्ने सरकारी षडयन्त्रअनुरुप त्यसप्रकारको नियोजित, भ्रमपूर्ण र कपोलकल्पित प्रचार गराइएको र यसप्रकारको षडयन्त्र नगर्न चेतावनी दिन चाहन्छौं ।



’आफ्नो पार्टीमाथि दमन गर्ने योजना अनुरुप प्रहरी आफैँले उक्त हतियारहरु राखेर भ्रमपूर्ण प्रचार गराइएको उनको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: