वेथलका विद्यार्थीद्वारा शैक्षिक सामग्री सहयोग

meropati

पाल्पा, ४ मंसिर । जिल्लाको तानसेनस्थित बेथल इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलका विद्यार्थीले शैक्षिक सामग्री सहयोग गरेका छन् ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय पाल्पाले स्थापना गरेको शैक्षिक सामग्री बैंकमा जम्मा गरेका हुन् । विद्यालयका प्रिन्सिपल खेम बहादुर सारुसहित विद्यार्थीको टोली जिल्ला प्रहरी कार्यालमै पुगेर उक्त शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । २५ हजार बराबरको शैक्षिक सामग्री प्रहरी उपरीक्षक दीपेन्द्र जिसीलाई हस्तान्तर गरिएको प्रिन्सिपल सारुले बताउनुभयो । शैक्षिक सामग्री ग्रहण गर्दै प्रहरी उपरीक्षक जिसीले यसरी विद्यार्थीले दिएको सहयोग पीडित बालबालिकासमक्ष नै पु¥याउने बताउनुभयो ।



कक्षा एकदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले संकलन गरेका कापी, कलम, पेन्सिल, पेनिसल कटर, इरेजर लगायतका सामग्री आफुहरुले स्थापना गरेको शैक्षिक सामग्री बैंकमा जम्मा भएको जिल्ला प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो । यसरी सहयोग स्वरुप प्राप्त भएको शैक्षिक सामग्री गरिव, विपन्न तथा जेहेन्दार बालबालिकालाई वितरण गरिने उहाँले बताउनुभयो । बालबालिकालाई विद्यालय जान प्रोत्साहन गर्ने उद्देश्यले शैक्षिक सामग्री संकलन गरेर वितरण गर्दै आएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताउनुभयो ।

सोही अवसरमा उपस्थित विद्यार्थीहरुलाई घरेलु हिंसा, ट्राफिक नियम, सामाजिक विकृति र सरसफाई बारे सहजीकरण गरिएको थियो । प्रहरीले विभिन्न विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: