लग्दुवाका किसानलाई आलु खेतीसम्बन्धि तालिम

meropati

पाल्पा, ४ मंसिर । जिल्लाको तिनाउ गाउँपालिका–१ लग्दुवाका किसानलाई आलुखेती सम्बन्धी तालिम दिइएको छ । उनीहरुलाई स्थानीय जातको आलु उत्पादनबारे सहजीकरगा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश ५ का साँसद तुलाराम घर्तिमगर बसन्तले आलु खेतीको व्यावसाय गरेर मनग्य आम्दानी गर्न सकिने बताउनुभयो । उहाँले धेरै व्यावसाय सञ्चालन गरेर असफल हुनुभन्दा एउटै व्यावसाय गर्नसके जिविकोपार्जनमा टेवा पुग्ने बताउनुभयो ।



गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले लग्दुवाको स्वादिलो आलु खेती गर्न सुझाव दिनुभयो । यहाँको आलु खेतीको संरक्षण गर्न स्थानीय सरकारले सहयोग गर्छ उहाँले भन्नुभयो व्यावसायीक रुपमा खेती गर्ने किसानलाई आर्थिक तथा भौतिक उपकरण उपलब्ध हुन्छ ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष राजेश श्रेष्ठ, वडा सदस्य गंगा पुन, युवा समन्वय समिति तिनाउका अध्यक्ष प्रेम श्रेष्ठ, तिलोतमा माध्यमिक विद्यालय व्यावस्थापन समितिका अध्यक्ष गोविन्द पाण्डे लगायतले निर्वाहमूखी भन्दापनि व्यावसायीक खेती गर्न सुझाव दिनुभयो ।

तालिममा कृषि शाखा प्रमुख हेमन्त शर्मा, प्राविधिक किशोर रावल र पोखरेलले सहजीकरण गर्नुभएको थियो ।

तालिममा परम्परागत रुपमा आलु खेती गर्दै आएका किसानहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: