जनकपुरमा तिम्ल्याहा शिशुको जन्म

meropati

जनकपुर, ५ मंसिर । जनकपुरमा एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छिन् । बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का बजरंगप्रसाद जयसवालकी पत्नीले धनुषा अस्पतालमा एकै पटक तीन शिशु जन्माएकी हुन् ।

मंसिर ३ गते सुत्केरी व्यथा लागेपछि उपचारका लागि ल्याइएकी बजरंगकी पत्नीले बिहीबार बिहान शल्यक्रियामार्फत बच्चा जन्माएको धनुषा अस्पतालले जानकारी दिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार तीन वटै शिशुको तौल २ किलोग्राम भन्दा माथि छ ।



प्रत्येक एक मिनेटको अन्तरालमा २ छोरी र १ छोराको जन्म भएको हो । तीन वटा शिशुमध्ये एउटा शिशुको स्वास्थ्य अवस्था केही कमजोर रहेका कारण आईसियुमा राखेर उपचार भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: