समाचार

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको निधन

पाल्पा, ५ मंसिर । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको विहिवार असामयीक निधन भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य समेत रहेका पाल्पाका अग्रज बामपन्थी नेता बस्यालको काठमाण्डौंमा उपचारकाे क्रममा निधन भएको हो ।

लामो समय देखि दमको समस्या भोग्नु भएका बस्याललाई पछिल्लो समय पेट फुल्ने भएपछि तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार गरिएको थियो । मिशन अस्पताल बाट थप उपचारका लागी उहाका आफन्त र परिवारका सदस्यले काठमाण्डौ लगेका थिए ।


advertisement

शिक्षण पेशा बाट अवकार लिनुभएका प्रमुख बस्याल २०४६ सालको आन्दोलनमा पटक पटक जेल समेत पर्नुभएको नेकपा पाल्पाले जनाएको छ । दयाराज बस्यालका श्रीमती, दुई छोरा र २ छोरी रहनुभएको छ । उहाको पार्थिब शरिरलाई शुक्रबार बिहान ७ बजे देखि जिल्ला समन्वय समितिको प्राङ्गढमा राखिने र दिउसो राम्दीघाटमा अन्त्येष्टी गरिने नेकपा पाल्पाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: