संवैधानिक परिषद् ऐन परिवर्तनका लागि अध्यादेश ल्याउनु असंवैधानिक : नेता पौडेल

meropati

काठमाडौँ, ६ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी ऐन परिवर्तनका लागि सरकारले ल्याउन लागेको अध्यादेश लोकतन्त्र र संविधानविपरित हुने भएकाले राष्ट्रपतिले लालमोहर लगाउन नहुने बताएका छन् ।

डेमोक्रेटिक लयर्स एसोसियसनको बार्षिक साधारणसभामा वरिष्ठ नेता पौडेलले अध्यादेशबाट ऐन बनेर नियुक्ती हुने कुनै पनि संवैधानिक आयोगका पदाधिकारी सर्वमान्य हुन नसक्ने बताए ।



पौडेलले भने, ‘म सम्माननिय राष्ट्रपति ज्यूलाई आग्रह गर्न चाहान्छु । उहाँ यो संविधान अन्तरगत राष्ट्रपति बनेको हो भने अलोकतान्त्रिक अध्यादेशमा लालमोहर लगाउनु हुँदैन् ।’

पौडेलले संवैधानिक परिषद गठन सम्बन्धी अहिलेको व्यवस्थाको आफ्नै खालेको विषेश महत्व रहेको बताए । उनले प्रधानमन्त्री केपी ओलीले संवैधानिक आयोगहरुलाई नियन्त्रण गर्नका लागि अध्यादेश ल्याउन लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: