समाचार

धरहरा पुनर्निर्माण ३२ प्रतिशत सम्पन्न, तेस्रो तला ढलान सकियो

काठमाडौँ, ६ मंसिर ।  भूकम्पबाट ध्वस्त भएको धरहरा पुनर्निर्माणको काम ३२ प्रतिशत सम्पन्न भएको छ । हालसम्म तेस्रो तलाको ढलान सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

शुक्रबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले धरहराको तेस्रो तलाको ढलान सम्पन्न भएको बताए ।उनले धरहरा निर्माणको कामले गति लिइरहेको बताउँदै सुन्धारास्थित गोश्वारा हुलाक कार्यालय सार्न प्रिफ्याब भवन बनाइएको जनाए । यस्तै, राष्ट्र बैंकको टक्सार कार्यालय सारिएको र स्थानीयको मागअनुसार बाटो खुला गरिएको उनले प्रष्ट पारे ।


advertisement

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: