Uncategorized

भारतको नयाँ नक्साविरुद्ध बुटवलमा विद्यार्थीको प्रदर्शन

बुटवल ,८ मंसिर । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा बुटवलमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत आफ्नो दावी गर्दै भारतले एकलौटी रूपमा हालै सार्वजनिक गरेको नक्सा सच्चाउनुपर्ने र नेपाली भूमि फिर्ता गर्नुपर्ने भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन्।


advertisement

बुटवलका लुम्बिनी वाणिज्य क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, अक्सफोर्ड लगायत सामुदायिक तथा संस्थागत क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु र्‍यालीमा सहभागी थिए।

ट्राफिकचोकबाट राष्ट्रिय झण्डा र प्ले कार्ड सहित सुरु भएको र्‍याली मिलनचोकमा आई समापन भएको थियो।राष्ट्रियताको रक्षाको लागि भन्दै निकालिएको र्‍यालीमा विप्लव निकट विद्यार्थीले पार्टीको ब्यानर मिसाएपछि भने विद्यार्थीहरु विभाजित भएका थिए।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: