समाचार

नयाँ दिल्लीको कोठीमा बेचिन लागेका दुई नेपाली महिलाको उद्धार

काठमाडौँ , ९  मंसिर । माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोककी २५ वर्षीया रीता  र झापाकी २५ वर्षीया सविनाको उद्धार गरिएको हो ।

माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पु¥याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो । उनीहरुलाई आज नेपाल फर्काउन लागिएको अधिकारीले बताए ।


advertisement

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: