मन्दिरको धर्मशालामा बास बस्न पुगेका युवकको मृत्यु, पहिचान खुल्न सकेन

meropati

बर्दिवास , ९ मंसिर  । महोत्तरीमा सोमबार बिहान एक युवक मृत फेला परेका छन् ।  नाम थर नखुलेको मधेशी मुलका जस्तो देखिने अन्दाजी ३० वर्षका युवक बर्दिवास नगरपालिका–१४ मा रहेको श्रीकामेश्वरनाथ महादेव मन्दिर परिसरमा मृत भेटिएका हुन् ।

आइतबार साँझ मन्दिर परिसरको धर्मशालामा बास बस्न पुगेका उनी सोमबार बिहानै मृत भेटिएका हुन् । बालाचतुर्दशी पर्वको अवसरमा आइतबार राती मन्दिर परिसरमा दिप प्रज्वलन गर्न गएका भक्तजन भजन किर्तन गर्दै नाचिरहेका बेला उनी मानिस नजिकै बालिएको आगो तापिरहेको प्रत्यक्षदर्शीको भनाई छ ।



ती युवकले मृत्यु हुनुपुर्व बान्ता गरेको देखिएको बर्दिवास प्रहरीले जनाएको छ । शवलाई पोस्टर्माटमका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने तयारी भइरहेको बताइएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: