झुम्साको तिलोत्तमा माविमा सवारी साधन मर्मतबारे पढाई

meropati

मिलन विश्वकर्मा
पाल्पा, ९ मंसिर । जिल्लाको तिनाउ गाउँपालिका–३ झुम्सास्थीत तिलोत्तमा माध्यमिक विद्यालयमा अटोमोवाइल प्राविधिक शिक्षा सुरु गरेको छ ।

विद्यालयमा पत्रकार सम्मेलन गरी यो जानकारी दिइएको हो । प्राविधिक शिक्षा अन्तर्गत जिल्लामै फरक खालको शिक्षा अटोमोवाइल प्राविधिक शिक्षाको अध्यापन कार्य सुरु गरिएको विद्यालयका प्रधानाध्याक झविन्द्र ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार यो शिक्षा अध्ययन गर्ने विद्यार्थीले विभिन्न सवारी साधन मर्मत, इन्जिन तथा पाटपूर्जाबारे अध्ययन अनुसन्धान तथा चलाउन समेत सिक्न पाउने छन् । सिटिइभिटमार्फत यो कक्षा सञ्चालन गर्न थालिएको हो । विद्यार्थीहरुले कूल पढाइमध्य ३० प्रतिशत सैद्धान्तिक ज्ञान लिने छन भने ७० प्रतिशत प्रयोगात्मक हुने छ । प्रअ ज्ञवालीले भन्नुभयो विद्यालय प्राङ्गणमा उनीहरुले पूराना गाडीहरु मर्मत गर्न पाउने छन् । १८ महिनासम्म पढाइ हुने यो कक्षामा तत्काल २४ सीट रहेको छ। भने विद्यार्थीले कूल रकम ६५ हजारमा अध्ययन गर्न पाउने उहाँले बताउनुभयो । एसइइमा सहभागी विद्यार्थीले यो कक्षामा अध्ययन गर्न पाउने छन् ।



पछिल्लो समयमा युवाको माग अनुसार यहाँ अटोमोवाइल प्राविधिक शिक्षा सञ्चालन गरिएको वडा अध्यक्ष प्रेम पाण्डेले बताउनुभयो । साधारण शिक्षाले वेरोजगार मात्र सिर्जना गरेको छ । कृषिसम्बन्धिका कक्षाहरु पनि असफल हुँदै गएका छन् उहाँले भन्नुभयो यहाँका युवाको माग अनुसार फरक प्राविधिक शिक्षाको सुरुवात गरेका हौं। जुन यो क्षेत्रकै नयाँ पढाइ हो। यो प्राविधिक विषय अध्ययनले युवालाई रोजगार दिने उहाँको विश्वास छ । उहाँका अनुसार प्राविधिक शिक्षा सञ्चालनार्थको लागि विद्याले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक एवम् शैक्षिक महोत्सव समेत सञ्चालन गर्ने भएको छ । अटोमोवाइल प्राविधिक शिक्षा सञ्चालनको लागि सुविधासम्पन्न भवन तथा परिसर निर्माण गर्नको लागि महोत्सव गर्ने तयारी भइरहेको पाण्डेले बताउनुभयो ।

पाण्डे नै मूल आयोजक समितिको संयोजक रहेको महोत्सव यहि मंसिर ११ गते देखि १८ गतेसम्म सञ्चालन हुने छ । प्रमुख कथावाचक पं. दीनबन्धु पोखरेलबाट संगितमय कथावाचन हुने महायज्ञबाट डेढ करोड आम्दानी गर्ने लक्ष्य राखिएको छ । जुन आम्दानीबाट विद्यार्थीले सहजरुपमा यातायातका साधन मर्मत तथा चलाउन सिक्न मिल्ने भवन तथा परिसर निर्माण गर्ने उहाँले बताउनुभयो ।

यस्तो खालको पढाइले समृद्ध तिनाउ र समृद्ध पाल्पा नभई सिंगो राष्ट्रनै समृद्ध हुने गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताउनुभयो । यो शिक्षालाई प्रभावकारी बनाउनको लागि गाउँपालिकाले यो आर्थिक वर्षमा ५० लाख सहयोग उपलब्ध गराएको छौं उहाँले भन्नुभयो आगामी वर्षमा आवश्यक अनुसार बजेट तथा विभिन्न उपकरणसमेत सहयोग गर्ने छौं ।

स्थानीय लक्ष्मीप्रसाद बश्यालले तिलोत्तमा माविले सञ्चालन गरेको यो पढाइले विद्यार्थी वेरोगार नहुने बताउनुभयो । साधारण कक्षा पास गरेका युवा विदेशिनु पर्ने बाध्यता थियो उहाँले भन्नुभयो समय सुहाउँदो यो प्राविधिक शिक्षाले युवालाई गाउँमै रोजगार पाउनेमा खुसी लागेको छ।

विद्यालयले भवन तथा संरचना निर्माण गर्नको लागि ७ करोड ४१ लाख बराबरको डिपिआर तयार गरिसकेको छ । जुन योजना सम्पन्न भएपछि विद्यार्थीले विद्यालयमै विग्रिएका गाडी मर्मत गर्न देखि चलाउन समेत सिक्न पाउने छन्।

अहिले चारजना इन्जिनियरले अध्यापन गराउदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: