मुख्य समाचार

चौथो उद्योग दिवशका अवसरमा पाल्पामा अन्तरक्रिया कार्यक्रम

पाल्पा, ९ मंसिर । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा चौथो उद्योग दिवशका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि पाल्पाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पाल्पाली ढाका र करुवाको उद्योग विस्ता गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपाका नेता धनेन्द्रराज घिमिरे, नेपाली काँग्रेसका सचिव झपेन्द्र गहिरे, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका डुलबहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठ, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव किरण कौशल लगायतले पाल्पाको पर्यकीय क्षेत्रको विकास तथा अदुवा खेतीको प्रर्वद्धन गर्नुपर्नेमा जोड दिएको थिए ।


advertisement

जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख मीरा मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन वहुमुखी क्याम्पस तानसेनका उपप्रध्यापक सन्तोष खनालले उद्योग विगत, वर्तमा अवस्था र भावी संभावनाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । घरेलुका उद्यम सहजकर्ता मनोज घिमिरे सञ्चालन गर्नुभएको कार्यक्रममा घरेलु कार्यालयका प्रमुख बालकृष्ण गैरेले कार्यालयका गतिविधिका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनितिक दलका नेता, उपभोक्ता, व्यावसायी, नागरिक समाज, पत्रकार समेतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: