Uncategorized

कपाल झर्ने वा चाया पर्ने समस्या समाधानका उपाय

– रुखो कपालमा कन्डिसिनिङ गर्दा विशेष ध्यान दिनुपर्छ।कपाललाई प्राकृतिकरुपमै राख्नका लागि अण्डा,मह र कागतीको मिश्रणको प्रयोग गर्न सकिन्छ।यो मिश्रण करिब १५-२० मिनेटसम्म कपालमा लगाउनुपर्छ।

– टाउकोमा चिलाउने समस्याले कपाल झर्ने वा टुक्रिने गर्छ। यदि टाउकोमा चिलाउने समस्या छ भने जतिसक्दो सम्बन्धित चिकित्सकसँग जाँच गराउनुपर्छ।सामान्य चिलाउने समस्या छ भने कागती वा वेनेगर, अमलाको  लेप बनाएर कपालको जरामा १५ मिनेट जित लगाउनुपर्छ। यसले चिलाउने समस्या ठीक हुन्छ।


advertisement

– यदि कपालमा तैलीय वा चिपचिपपना आउँछ भने स्याम्पु प्रयोग गर्नुभन्दा पहिले विनेगर लगाउनुपर्छ। यसले कपालमा भएको तैलियपनालाई हटाउन ठूलो मद्दत गर्छ।

– कपाल झर्ने समस्या छ भने प्याज र अदुवाको रस मिलाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोकिन्छ।हप्तामा दुई वा तीनपटक उक्त रस लगाउँदा कपाल झर्नबाट बच्नुका साथै सुन्दर र चम्किलो हुन्छ।

– कपाल स्वस्थ राख्नका लागि चिसो पानीले नुहाउनुपर्छ।पीएचको सन्तुलन भएको स्याम्पु प्रयोग गर्नुपर्छ।धोएको कपाल सुकिसकेपछि मोटो दाँत भएको काइँयोले पाँच मिनेट जति कोर्नुपर्छ।

– कपाल चम्किलो बनाउन सन्तुलित आहार बिहार शैलीमा ध्यान दिनुपर्छ। प्रोटिन र कार्बोहाइड्रेटयुक्त खानामा जोड दिनुपर्छ।सुन्दर कपालका लागि पालुंगो र अनारको सेवन बढी मात्रामा गर्नुपर्छ।

 

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: