गुल्मीमा जिप दुर्घटना, १ को मृत्यु, ४ घाइते

meropati

 गुल्मी , ११ मंसिर । गुल्मीमा गएराति जिप दुर्घटना हुँदा१ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको छन् ।

जिल्लाको सत्यवती गाउँपालिका–३, ठूलो लुम्पेको बुटिसगैरामा रिडीबाट ठूलो लुम्पेक जाँदै गरेको लु १ ज २७८४ नम्बरको जिप दुर्घटनामा परेको हो ।



दुर्घटनामा सत्यवती गाउँपालिका–३, सिङदीका ६८ वर्षीय ललितादेवी सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताए ।

दुर्घटनामा सत्यवती–३ का २२ वर्षीय राजन राहडी, २२ वर्षीय देवबहादुर बिक, ७ वर्षीय वीरेन्द्र सिंजाली र २३ वर्षीय अनिल बिक घाइते भएका छन् । घाइते चारै जनाको उद्धार गरेर पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले जिप र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: