समाज

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको सङख्या १५ पुग्यो, सनाखत हुँदै

अर्घाखाँची, ११ मंसिर । अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको पुष्टि भएकाे छ ।

बुधबार दिउँसो करिब २ बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल जादै गर्दा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानी – घुम्टीको बिचमा पर्ने (नरपानी बजार नजिकै)  कालाखोला / रातामाटामा दुर्घटना भएको हो। बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ।
घाइतेहरु मध्ये ९ जनालाई बुटवल पठाईएको छ भने २ जना जिल्ला अस्पताल अर्घाखाँचीमा पठाईएको छ ।
मृत्युु हुनेको सनाखत हुन बाँकी छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्।
सडक तल भीर र जंगल भएकाले अन्य सम्भावित घाइतेहरुको खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए ।
मृतकको संख्या बढ्नसक्ने प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: