माल्दिभ्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

meropati

काठमाडौं, १३ मङ्सिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त दोस्रोे अभ्यास खेलमा नेपाल ‘ए’ ले माल्दिभ्सलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

शुक्रबार भएको खेलमा २ सय १७ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९ रन मात्र बनाएको थियो।



माल्दिभ्सका ओपनर मोहम्मद इभान अली शून्य तथा मोहम्मद रिजवान ७ रनमा एलबीडब्लू आउट हुँदैै पेभिलियन फर्केका थिए।

मध्यगतिका बलर मञ्जित श्रेष्ठले शेर मल्लबाट मोहम्मद आजमलाई २६ रनमा क्याच आउट गराएपछि नेपालको जित उन्मुख भएको थियो। आजमले २५ बलमा ३ चौका प्रहार गरे । नेपालका बिक्रम शोब, तिलक राज भण्डारी र मञ्जित श्रेष्ठले समान २ विकेट लिए । शेर मल्लको नाममा १ विकेट रह्यो ।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा माल्दिभ्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २ सय १६ रनको योगफल तयार पारेको थियो।

कप्तान तथा ओपनर शरद भेषावकरले ४२ बलमा ४ चौका र ८ छक्कासहित ८४ रनमा एलबीडब्लु आउट भए। शरदले २२ बलमा अर्धशतक पुरा गरे। प्रदीप ऐरीले ३६ बलमा ४ चौका र ६ छक्का ६९ रनमा क्याच आउट भए। दोस्रो विकेटका लागि प्रदीप ऐरी र शरदले १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै नेपाललाई विशाल योगफल सम्म पु¥याए। अमित श्रेष्ठ २५ रनमा अविजित रहे।

माल्दिभ्सका लिम सफिकले ३ विकेट लिए। पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ ४९ विजयी भएको थियो। तेस्रो अभ्यास खेल शनिबार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: