काठमाडौं, १३ मङ्सिर । छिमेकी मुलुक भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि समेटेपछि कलाकारले त्यसको विरोधमा धमाधम देशभक्तिका गीतहरु बाहिर ल्याइरहेका छन् ।
यस्तैमा युवा गायकहरुको एक समुहले कालापानीमा गरेको हस्तक्षेपलाई समेटर नयाँ गीत ‘छल गरेर धोका दिने नालापानीमा…आँखा लाउन छोड अब कालापानीमा’बोलको गीत सार्वजनिक गरेका छन् ।गीतमा राष्ट्रियता प्रतिको माया, हाम्रा पुर्खाको वीरताको गाथा समेत सम्झिएको छ ।
युट्युबमार्फत सार्वजनिक गीतमा सारदा रसायली, मोहित श्रेष्ठ र बद्री चुडालको स्वर रहेको छ । धिरजनाथको शब्द तथा संगीत रहेको गीतलाई नारायण दंगालले एरेन्ज गरेका हुन् ।छिमेकी मुलुकले गरेको सीमा अतिक्रमणविरुद्ध आवाज उठेका बेला यस्ता गीतबाट अपिल गर्दा थप बल पुग्ने अपेक्षा यो गीतका गायक गायिकाले गरेका छन् ।
प्रतिकृया दिनुहोस