साग महिला भलिबल: नेपाल सेमिफाइनलमा, बंगलादेश बाहिरियो

meropati

काठमाडौं, १३ मङ्सिर । नेपाली महिला भलिबल टोली १३औं दक्षिण एसियाली खेलकुद(साग) को सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरणको दोस्रो खेलमा बंगलादेश भारतसँग पराजित भएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो।



बंगलादेशलाई ३-० ले पराजित गरेको भारत समूह ए को विजेता तथा नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्। नेपालले यसअघि पहिलो खेलमा बंगलादेशलाई ३-० कै सोझो सेटमा पराजित गरेको थियो।

दुवै खेल गुमाएको बंगलादेश भने समूह चरणबाट बाहिरिएको छ। अब नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ। समूह बीबाट नेपालले श्रीलंका र माल्दिभ्समध्ये एकलाई प्रतिद्वन्दी पाउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: