समाचार

महिनावारी भएको चार दिनमा छाउगोठमा युवतीको मृत्यु

अछाम , १६ मंसिर  सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा गए राति एक युवतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो ।


advertisement

 घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । अछाममा अहिलेसम्म छाउगोठमै १४ महिलाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: