धरान ७ को वडाध्यक्षमा नेकपाका सुवेदी एक मतले विजयी

meropati

सुनसरी , १६ मंसिर धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् ।

नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।



कांग्रेसले परिणाम अस्वीकार गर्दै सुरूमा पुनः मतगणनाको माग गरेको थियो । तर, पुनः मतगणना भएन र निर्वाचन अधिकृतले सुवेदीलाई नै विजयीको प्रमाणपत्र दिएका छन् ।

यसैगरी धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: