Uncategorized

अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा तीनको मृत्यु

ह्यूस्टन, १६ मंसिर अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राति भएको एउटा हेलिकप्टर दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको छ।

ह्यूस्टनबाट करिब ३ सय २० किलोमिटर पश्चिममा रहेको सो इलाकामा दुर्घटना भएको थियो।


advertisement

एउटा मात्र इन्जिन भएको यस हेलिकप्टरमा सवार दुई पुरुष र एक महिलाको सो दुर्घटनमा मृत्यु भएको स्थानीय स्रोतले जानकारी दिएको छ।

सान एन्टोनियो अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटर उत्तरपश्चिममा उक्त दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्l

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: