पाल्पामा जीप दुर्घटना, २ जनाको मृत्यु

meropati

पाल्पा ,१९ मंसिर।  पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप  सिद्धार्थ राजमार्गको सडकदेखि करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनास्थलमा दुई पुरुषको शव फेला परे पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।



 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: