मुख्य समाचार

मुलुकको अहित चाहानेहरुले विभिन्न चलखेल गरिरहेको पूर्वराजा शाहको दावी

पाल्पा १९, मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको हित नचाहनेहरुले विभिन्न चलखेल गरिरहेको दावी गर्नुभएको छ । उनीहरुका कारण मुलुक अप्ठ्यारो अवस्थामा रहेको उहाँले बताउनुभयो ।

तानसेनस्थित श्री ७ रणउजिरेश्वरी भगवतीको पूजाआरधना गर्न आउनुभएका उहाँले पछिल्लो समयमा असुरी अर्थात् दैवी शक्तिको बाहुल्यता बढेको टिप्पणी गर्नुभयो ।


advertisement

मुलुकको अहितमा लागेकाहरुलाई सबै एकजुट भएर पराजित गर्नुपर्छ र भगाउनुपर्ने उहाँले भन्नुभयो सबै जागरुप हुनुपर्ने बेला आएको छ । सबै नेपाली एक ढिक्का हुनुपर्ने भन्दै उहाँले हामी सबै नेपालीको सम्बन्ध पनि भाइचाराको बन्नुपर्छ । यसको लागि आफुले प्राथाना गरिरहेको उहाँले बताउनुभयो । मुलुक अप्ठ्यारोमा परेकोले त्यसले आफ्नो मनभित्र राष्ट्रप्रतिको राष्ट्रियता जगाएको बताउनुभयो । सबै नेपाली ढुक्क भएर बाँच्नको लागि देशमा शान्ति हनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँ आजै भैरहवा फर्किनु भएको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: