पाल्पाको निस्दीमा करेन्ट लागेर १ जनाको मृत्यु

meropati

पाल्पा, २० मंसिर । पाल्पामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर ५ बेलौंजी खोला स्थित राष्ट्रिय प्रसारण लालीगुराँस सामुदायिक विद्युत प्राधिकरणको आयोजनामा मेन लाईन जोड्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धादिङ रोलाङ गाउँपालिकाका २६ वर्षीय नेत्र बहादुर विसुन्के रहेका छन् । उनको घटना स्थलमै मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: