बलात्कार पछि जलाउने ४ भारतीय ‘इन्काउन्टर’मा परे

meropati

काठमाण्डौ, २० मंसिर  । भारतको हैदराबादमा सामूहिक बलत्कारका ४ आरोपीलाई भारतीय प्रहरीले गोली हानी मारेको छ । बिहीबार अबेर नेसनल हाइवेमा प्रहरी कारबाहीमा ति ब्यक्ती मारिएका हुन् ।

प्रहरीले उनीहरुलाई एनएच–४४ मा अपराधको दृष्य ‘रि–क्रियट’ गर्न लगेको थियो । चारैजना आरोपीहरूभाग्ने प्रयास गर्दा गोली चलाएको प्रहरीको दाबी छ । तर, उनीहरूलाई प्रहरी नियन्त्रणमै गोली हानिएको स्रोतले जनाएको छ ।



२७ नोभेम्बरको रातमा हैदराबादमा एक महिला डाक्टरलाई चार जनाको समुहले बलत्कार पछि जलाएर मारेका थिए । उनको जलेको शव बैंगलोर हैदरावाद राष्ट्रिय राजमार्गको अन्डरपासनजिक भेटिएको थियो । ती महिलाको स्कुटर पञ्चर गराएर बलात्कारीहरूले उनलाई पञ्जामा पारेको स्रोतको दाबीरहेको छ ।

घटनामा प्रहरीले चार आरोपीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूलाई अदालतमा पेस गर्दा अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएको थियो । त्यस पछि हैदरावाद प्रहरीले हिरासतको माग गर्दा आरोपीहरूलाई सात दिन प्रहरी हिरासतमा पठाइएको थियो । हिरासत बाटै उनीहरूलाई प्रहरीले घटना स्थलमा लगेर हत्या गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: