नारायणगढ मुग्लिन सडक खण्डकै स्वरुपमा मुग्लिन देखि सिस्नेखोला धादिङको सुरुङ सम्म

meropati

काठमाडौं, २० मंसिर । नागढुंगामा सुरुङ मार्गको निर्माण अघि बढाएको सरकारले अब सिस्ने खोला देखि मुग्लिन सम्मको सडक पनि फराकिलो बनाउने तयारी गरेको छ । नारायणगढ(मुग्लिन खण्डकै स्वरुपमा मुग्लिन देखि सिस्ने खोला धादिङ तर्फको सुरुङको मुख सम्म सडक विस्तार गर्न लागीएको छ । सडक खण्ड सबै चार लेनको बनाउने योजना हाललाई स्थगित गरेर सरकारले विस्तारको लागि डिजाइन गरेको छ । विश्व बैंकको सहयोगमा सडकमार्ग विस्तार गर्न लागिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।

‘हामीले पहिले चार लेनमा नै यो खण्ड विस्तार गर्न खोजेका हौ उनले भने, ‘तर यो क्षेत्रको मुआब्जा अत्याधिक भएको र विस्तारको काम गर्न सहज नभएको निश्कर्ष निकालेर मुग्लिन सम्मकै जस्तो बाटो सिस्ने खोला सम्म बनाउन लागेका हौं । नौ बिसे माथि नागढुंगा सम्मको सडक पानी पर्ना साथ यो सडकमा खाल्डा खुल्डीका कारण मालसामान बोकेर आएका सवारीलाई उकालो लाग्न कठिन हुने गरेको छ । यसले गर्दा उकालोमा एउटा सवारी बिग्रिएर रोकिना साथ लामो लाइन लागिहाल्ने समस्या रहेको छ ।



उच्च रुपमा हुने सवारी आवागमनले सडक मर्मत गर्न नै कठिन हुने गरेको छ । यो मार्गमा मुख्य रुपमा बढी भार बोकेर आएका सवारीका कारण कालोपत्रे नटिक्ने समस्या हुन्छ । झन् गुणस्तरीय ढंगमा कालोपत्रे नगरिँदा महिना दिनमै उप्किने र भत्किने समस्या देखिने गरेको छ । सडक साँघुरो भएको र मोडहरु पनि सानो भएकाले यसै पनि यो खण्डमा सवारीलाई मुस्किल हुन्छ । दिनमा १८ देखि २० हजार सवारी आवात(जावत गर्ने सडकको अवस्था वर्षौदेखि फेरिएको छैन ।

यो खण्डमा कृष्णभीर लगायतका स्थानमा डेडिकेटेड दुई लेनमै सडक विस्तार गर्न समस्या हुन्छ । त्यस्ता स्थानमा पनि नदीको भागबाट पर्खाल लगाएर सडक विस्तार गर्ने योजना छ । अहिले यात्रुबाहक तथा मालबाहक सवारीलाई त्रिशूलीको तीरैतीरबाट जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता छ । पोखरा आउने र जाने सवारीको चाप समेत हुने भएकाले यो सडकमा सवारीको चाप मुग्लिन(नारायणगढ खण्डको भन्दा बढी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: