मुख्य समाचार

भारतमा रहेका आफ्ना महिला नागरिकलाई सावधानी अपनाउन अमेरिका र बेलायतको सुझाव

काठमाण्डौ, २१ मंसिर । अमेरिका र बेलायतले भारतमा रहेका आफ्ना महिला नागरिकलाई सावधानी अपनाउन सुझाव दिएको छ ।
पछिल्लो समय भारतमा महिलाहरु असुरक्षित गएका छन् अमेरिका र बेलायत सरकारले भारतमा बसोबास गर्ने र भारत भ्रमणमा जाने आफ्ना महिला नागरिकका लागि ‘ट्राभल एड्भाइजरी’ जारी गरेका छन् । आफ्ना देशका नागरिकलाई भारतमा बलात्कार तथा यौन उत्पीडनका घटना बढिरहेको तर्फ सचेत गराएका छन् भारत भ्रमणका क्रममा सावधानी अपनाउन सुझाव दिएको छ । दुवै देशले कुनै दुव्र्यवहार भोग्नु परेमा प्रहरी समक्ष जान पनि सुझाव दिएका छन् ।

पछिल्लो समय भारतमा बलात्कार तथा यौन दुर्व्यवहारका घटना धेर्रै हुन थालेका छन् । गत मंसिर १२ गते हैदराबादमा नजिकै २६ वर्षीया डाक्टरको बलात्कार पछि हत्या गरीएको थियो । बलात्कारको आरोपमा पक्राउ परेका चार जना आरोपी शुक्रबार हिरासतबाट भाग्न खोज्दा प्रहरी इन्काउण्टरमा मारीएका थिए । उत्तर प्रदेशको उन्नावमा पनि बलात्कार पीडित एक युवतीको शुक्रबार राति उपचारका क्रममा ज्यान गएको थियो ।


advertisement

सन् २०१८ को डिसेम्बरमा ती युवती माथि सामूहिक बलात्कार भएको थियो । केही आरोपी युवक पक्राउ परे पनि केही जमानतमा छुटेका छन् । बिहीबार मात्रै आरोपीमध्येकै केहीले मुद्दा फिर्ता लिन दबाब दिँदै ती युवतीलाई जिउँदै जलाएका थिए । एअर एम्बुलेन्सबाट ती युवतीलाई दिल्ली ल्याइए पनि उनलाई बचाउन भने सकिएको थिएन ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: