समाज

छाउगोठमा मृत्यु भएकी महिलाका आफन्तले जाहेरी दिन मानेन्

अछाम , २१ मंसिर । पश्चिम नेपालको अछाम जिल्लामा छाउगोठमै मृत्यु भएकी एक महिला सम्बन्धी मुद्दा अघि बढाउन पीडित पक्षले जाहेरी दिन अस्वीकार गरेकोू अधिकारीहरूले बताएका छन् । मृत्यु भएकी महिलाका आफन्तलाई जाहेरी दिन आग्रह गर्दा नमाने पछि प्रहरीले आफ्नै प्रतिवेदनका आधारमा कारबाही अघि बढाएको उनीहरूले बताए ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक डीएसपी जनकबहादुर शाहीका अनुसार मृतक महिलाका माइती पक्षका आफन्तलाई सुरुमा जाहेरी दिन आग्रह गरिएको थियो । तर उनीहरूले जाहेरी नदिने बताए पछि बिहीवार मृतकका जेठाजुलाई पक्राउ गरी मुद्दा अघि बढाउन लागेको उनले बताए। उनले भने, हामीले उक्त घटनाबारे तालुकदार निकायमा जानकारी गराएका थियौँ । हामीलाई पीडित परिवारबाट जाहेरी दरखास्त लिएर कारबाही अघि बढाउन उपयुक्त हुन्छ भन्ने आदेश आएको थियो ।


advertisement

तर जाहेरी लिन हामीले माइती पक्षलाई आग्रह गर्दा उहाँहरूले नमानेपछि आफैँले मुद्दा अघि बढाएका हौँ । उनले मृतक महिलाका श्रीमान् र सासूससुरा रोजगारीका लागि भारत गएको र उनी चाहिँ जेठाजु(जेठानीसँग बस्दै आएको बताए।उनका श्रीमान् र ससुरा हिजो बिहीवार साँझ आइपुगेको खबर आएको छ उनले भने, अब हामी उनीहरूलाई जाहेरी दिन आग्रह गर्छौ । तर जाहेरी नआए पनि अब मुद्दाको प्रक्रिया रोकिँदैन। अघि बढ्छ ।

घटना विवरण

प्रहरीका अनुसार अछामको साँफेबगर नगरपालिका(३ की २१ वर्षीया पार्वती बूढा रावतको गत आइतवार राति घरनजिकै छाउगोठमा मृत्यु भएको थियो । रजस्वला भएर छाउगोठमा पठाइएकी उनको मृत्यु बारे सोमवार बिहान मात्र थाहा भएको डीएसपी शाहीले बताए ।छाउ गोठमा मृत्यु भएको खबर पाए पछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको अपराध अनुसन्धान टोलीले घटनास्थल पुगेर मुचुल्का तयार पार्नुका साथै उनको शव जिल्ला अस्पताल पुर्‍याएको थियो ।

उनलाई छाउगोठमा बस्न बाध्य बनाएको ठानिएका उनका जेठाजु(जेठानीलाई पक्राउ गर्ने वा नगर्नेबारे प्रहरीले निर्णय गर्न नसकेको अधिकारीहरूले स्वीकारेका छन् । तर महान्यायाधिवक्ताको कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालय र प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पीडकलाई तत्काल पक्राउ गर्नूु भन्ने निर्देशन दिए पछि मृतकका जेठाजुलाई पक्राउ गरिएको बताइएको छ डिएसपी शाहीका अनुसार बिहीवार पक्राउ परेका मृतकका जेठाजु छत्र रावतलाई मुलुकी अपराध ९संहिता० ऐन अनुसार कारबाही अघि बढाइनेछ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: