पीएसएलमा कुनै नेपाली खेलाडी छनौट भएनन्

meropati

काठमाडौं, २१ मंसिर  । पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल) मा नेपालका कुनै पनि खेलाडी परेनन् । नेपालबाट पीएसएलको ड्राफ्टमा ७ खेलाडी रहेका थिए ।जसमा सन्दीप लामिछाने प्लाटिनम समूहमा रहेका थि ए। त्यस समूहबाट उनि बिक्री भएनन् । यस्तै सिल्भर क्याटेगाेरीमा पूर्व कप्तान पारस खड्कासहित, आरिफ शेख, विकेटकीपर विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी रहेका थिए ।

जसको मूल्य १५ देखि ३५ हजार अमेरिकी डलर रहेको थियो । लेग स्पिनर सन्दीप लामिछाने प्लेटिनम क्वाटगेरीमा थिए । प्लेटिनम क्वाटगेरीमा रहेका खेलाडीले १ लाख ४७ हजार दखि २ लाख १८ हजार अमेरिकन डलरसम्म पाउने बताइएको थियो । सन्दीपलाई कुनै पनि टोलीले मूल्य लगाएनन् । सन् २०१८ को आईपीएलपछि सन्दीप ड्राफ्टमा परेर पनि नबिकेको यो पहिलो पटक हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: