मनाेरञ्जन

माछा माछा’लाई मिश्रित प्रतिक्रिया

काठमाडौं , २१ मंसिर । शुक्रबार देखि प्रदशनमा आएको फिल्म ‘माछा माछा’को प्रिमियर भएको छ । कमलपोखरी स्थित बिग मुभिजनमा आयोजित प्रिमियरमा फिल्मका कलाकार र रंगपत्रकार बाहेक अन्य सेलिब्रेटीको उपस्थिति न्युन रहेको थियो । प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । प्रिमियरमा सहभागी अधिकांशले फिल्म ठिकै ठिकै भएको बताए ।

अपराध सँग कमेडी बिषय जोडीएको फिल्म रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले मिलेर बनाएका हुन् । कार्यक्रममा निर्माता दयाहाङ राइले फिल्मबाट आफूलाई ठुलो कमाई हुन्छ भन्ने आस नभएको बताए । ‘अहिले कुनै फिल्मले पनि व्यवसाय गरेको छैन’ राइले भने ‘लगानी त सुरक्षित हुन्छ होला ।


advertisement

तीन युवाले शहरिया जीवनमा स्थापित हुन रोज्ने अपराधको बाटो र त्यसमा गर्नुपर्ने संघर्ष फिल्मले कथा बनाएको छ । सुनिल गुरुङले निर्देशन गरेको फिल्ममा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, नम्रता श्रेष्ठ, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: