पेट्रोल मूल्य वृद्धिको विरोधमा प्रदर्शन हुदा २०८ जनाको मृत्यु ७ हजार पक्राउ

meropati

इरान, २१ मंसिर । पेट्रोलको मूल्य वृद्धिको विरोधमा इरानमा प्रदर्शन हुदा २०८ जनाको मृत्यु भएको छ भने ७ हजार प्रदर्शनकारी पक्राउ परेका छ्न।इरानमा पछिल्लो समय भइरहेको सरकार विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म २०८ जनाको मृत्यु भएको छ भने ७ हजार जना प्रदर्शनकारी पक्राउ परेका छन् ।संयुक्त राष्ट्रसंघले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेकामध्ये अधिकांश केही समयमै रिहा पनि भएका थिए ।

प्रदर्शनका क्रममा अहिलेसम्म २०८ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेश्नलले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी कार्यालयले जारी गरेको वक्तव्यमा आधिकारीक तथा घटनालाई पुष्टि गरेका भिडियोमा प्रदर्शनकारीलाई सुरक्षाकर्मीले पिट्ने, लखेट्ने, गोली प्रहार गर्ने, हत्याको प्रयास गर्नेजस्ता कृयाकलाप भएको देखिएको छ । भिडियोमा सुरक्षाकर्मीहरु धेरै ठाउँमा प्रदर्शनकारीविरुद्ध जाइलागेको देखिएको मानवअधिकारसम्वन्धी राष्ट्रसंघीय उच्च आयुक्त मिचेल बाचेलेटले बताए ।



प्रदर्शनकारीहरु भागेर टाढा टाढा जादाँ पनि सुरक्षाकर्मीहरुले पछाडिबाट गोली प्रहार गरेको देखिएको उनको भनाइ छ । पेट्रोलको मूल्य वृद्धिको विरोधमा इरानमा प्रदर्शन हुँदै आएको छ । पेट्रोलमा धनी मानिने इरानले हालै सोही इन्धनमा २ सय प्रतिशतले मूल्य वृद्धि गरेको थियो । अमेरिकी नाकावन्दीका कारण इरानमा आर्थिक मन्दीको अवस्था सिर्जना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: