घर बाट लडेर एक जनाको मृत्यु

meropati

विराटनगर, २१ मंसिर । प्लम्बिङको काम गर्ने क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा एउटा घरबाट लडेर एक जनाको मृत्यु भएको छ । दुई तले घरबाट खसेर ४५ वर्षीय श्यामकुमार रिजालको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले बताए ।

उनका अनुसार छिमेकी नर्सिङ लिम्बूको घरमा प्लम्बिङको काम गरिरहेको अवस्थामा माथिबाट खसेर रिजाल शुक्रबार दिउँसो घाइते भएका थिए । उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जानकारी कोइरालाले दिए ।प्रहरीले शव पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाउँदै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: