विमानस्थल बन्छ, सर्वोच्चले बुझ्न मात्र खोजेको हो : पर्यटन मन्त्री योगेश भट्टराई

meropati

काठमाडौ, २१ मंसिर ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा सर्वोच्च अदालतको अन्तरिम आदेशबाट आत्तिनुनपर्ने बताउनुभएको छ ।

निजगढको बारेमा सर्वोच्च स्पष्ट हुन खोजेकाले विमानस्थल निर्माणै नगर भनेजसरी आत्तिन नहुने मन्त्री भट्टराईको भनाइ छ । नयाँ हवाई नीतिका लागि भएको छलफलमा मन्त्री भट्टराईले भन्नुभयो, ‘त्यहाँ २५ लाख रुख काट्ने भनेर हल्ला गरियो, जैविक विविधता मासिन्छ भन्ने हल्ला भयो, त्यसैले सर्वोच्चले सत्य तथ्य बुझन खोजेको हो ।



निजगढ विमानस्थलको अर्को विकल्प नभएकाले यसमा आउने विवादलाई समाधान गरेरै अघि बढ्ने उहाँको भनाइ छ । बरु सर्वोच्चमा राम्रोसँग यो विषयमा बहस गर्न वकिलहरुले तयारी गर्नुपर्ने पनि मन्त्री भट्टराईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: