मुख्य समाचार

बुटवल साहित्य महोत्सव दोश्रो चरणमा पुस्तक प्रदर्शनी

बुटवल, २१ मंसिर । प्रगतिशील लेखक संघ नेपाल, रुपन्देहीद्धारा आयोजित साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी आज दोस्रो दिन पनि बिभिन्न स्रष्टाहरुले आ आफ्ना साहित्यीक प्रस्तुती गरेका छन् । महोत्सवको दोस्रो दिन आज साहित्यकार डा. हुमाकान्त पाण्डेले स्रष्टा, साधना र सिर्जनात्मक उत्तरदायित्व, डा.मुरारी पराजुलीले साहित्यको बजार प्रभाव,साहित्यकार तथा लेखक दिल साहनीले समकालिन साहित्यमा प्रगतिशीलता, रामचन्द्र श्रेष्ठले सहरको सभ्यता बिषयक साहित्यीक प्रस्तुती गरेका थिए ।

कार्यक्रममा जिवराज आश्रित प्रतिष्ठानका केन्द्रिय सदस्य समेत रहेका आश्रित पुत्र डा. सागर न्यौपाने,कबि गिरी श्रीस,रमेश समर्थन,मिन बहादुर राना,सीता काफ्ले ढुङ्गाना लगायतले कबिता वाचन गरेका थिए । प्रदर्शनीमा दशहजार दर्शकले अवलोकन गर्ने र करिव ५ लाखको  पुस्तकहरु विक्री हुने आयोजकहरुले अपेक्षा गरेका छन् ।


advertisement

तेश्रो दिन आइतबार रुपन्देहीको कला साहित्य यात्रा, बालसाहित्य र अभिभावक, लोकगीतमा नारी चेतना, बुटवलको कला साहित्य, कला र संस्कृतिको उन्नयनमा बुटवल लगायतका विषयमा पनि साहित्यक बहस तथा अन्तरक्रिया गरिने संघका अध्यक्ष दलबहादुर गुरुङ्गले जानकारी दिए ।प्रदर्शनी तथा महोत्सवको हिजो एक कार्यक्रमकाबीच प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: