खेलकुद

नेपालद्वारा मालदिभ्स २/१ ले पराजित

काठमाडौ , २१ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको फुटबलमा खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । दशरथ रङ्ग शालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

पहिलो हाफमा नेपालले माल्दिभ्स सँग १–१ गोलको बराबरी खेलेको थियो । खेलको ५१ औँ मिनेटमा अनन्त तामाङले दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाउनु भयो । खेलको १७ औँ मिनेटमा हुसेनले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाउनुभएको थियो ।


advertisement

नेपालका अभिषेक रिजालले ४३ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्‍याउनुभयाो । स्वर्ण जित्ने लक्ष्यका साथ मैदानमा उत्रेको नेपाली टोलीलाई आजको खेल जित्नै पर्ने दबाब थियो ।

जित सँगै ७ अङ्क सहित नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ भने दोस्रो स्थानमा भुटान छ । भोलि साँझ हुने बङ्गला देश सँग बराबरी मात्रै खेले पनि नेपाल सीधै फाइनलमा प्रवेश गर्नेछ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: